कास्की रेडक्रसको नेतृत्वमा निर्विरोध चुनिए डण्डराज
कास्की | माघ १, २०७९
पोखराः रेडक्रम सोसाइटी कास्की शाखाको शनिबार आयोजित १० औं निर्वाचन अधिवेशनबाट सभापतिमा डण्डराज शर्मा निर्विरोध निर्वाचित भएका एका छन् । शर्मा यसअघि सभापति रहेका थिए ।
त्यस्तै, उपसभापति खुलामा धर्मराज अधिकारी, उपसभापति महिलामा उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ र उपमन्त्री रमा कोइराला निर्विरोध भएको रेडक्रस सोसाइटीले जनाएको छ ।
रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्ष, उपकोषाध्यक्ष, कार्यसमितितर्फ महिला सदस्य र खुला सदस्यका लागि भने सर्वसम्मत हुन नसकेपछि मतदान भएको छ । कोषाध्यक्ष र उपकोषाध्यक्षमा २÷२ जनाको उम्मेद्वारी परेको छ ।
महिला सदस्य ३ जनाका लागि ६ जना र खुला सदस्य ६ जनाका लागि २३ जनाको उम्मेद्वारी परेको छ ।
४८ उपशाखा रहेको कास्कीमा कूल मतदाता २ सय ६६ जना छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

